सूचना र प्रविधि

हरेक अस्पताललाई नै आईसोलेसन वनाउन मुख्यमन्त्रीको निर्देशन,खुला सीमा कडा निगरानीमा राख्न आग्रह



रुपन्देही ३० फागुन  । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाबाट हुन सक्ने कुनैपनि प्रकारको जोखिम रोक्न प्रदेश सरकार सचेत रहेको बताउँदै त्यस्तो अवस्था आईहालेमा प्रदेशको कुनै एक अस्पताललाई नै विरामी राख्ने ‘आईसोलेन’ का रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।पहिलो चरण कुनै एक प्राविधिक अस्पत्ताललाई आइसोलेशन वार्डमा रुपान्तरण गर्न र आवश्यक परे हरेक जिल्लाका जिल्ला अस्पत्ताललाई आइसोलेशनवार्डमा रुपान्तरण गर्न उहाले आग्रह गर्नु भयो। 

        मुख्यमन्त्रीले संक्रमण रोक्न प्रदेश सरकारले पूर्व तयारीका काम गरिरहेको जानकारी दिदै नेपाल भारत खुल्ला सिमालाई निगरानी गर्न र सर्तकता अपनाउन आग्रह समेत गर्नुभयो । नेपालबाट भारतका विभिन्न क्षेत्रमा तीर्थयात्रा गर्ने क्रम केही समयका लागि रोकेर संभावित कोरोनाको संक्रमणबाट बच्न मुख्यमन्त्रीले सवैसंग आग्रह पनि गर्नुभयो । कोरोनाबाट नआत्तिन आग्रह गर्दै मुख्यमन्त्रीले भन्नुभयो– कोरोना जहाँबाट सुरु भएको हो त्यहाँ नियन्त्रणमा आईसकेकोले धेरै हतोत्साही हुनुपर्दैन । 

        नेपाल भारत खुला सिमाका कारण भारतबाट कोरोना संक्रमितहरु आउन सक्ने भन्दै त्यसका लागि सिमा क्षेत्रमा स्वास्थ्य चेकजाँचलाई थप प्रभावकारी वनाउने उहाँले बताउनु भयो । मुख्यमन्त्रीले प्रदेश सरकारले हात मिलाउनुभन्दा अहिले नमस्कार गर्ने संस्कारलाई अनुसरण गर्न अनुरोध गर्दै अनावश्यक पार्टी, विवाह भोज लगायतका आम सभा तथा मेला र महोत्सव नगर्न सवैसंग आग्रह गर्नुभयो । मुख्यमन्त्रीले प्रदेश सरकार शिलान्यासको अवस्थाबाट अहिले उद्घाटन गर्ने तहसम्म आईसकेको बताउनु भयो  । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमण रोक्नका लागि भारतीय साधनलाई नेपाल आउनमा कडाई गर्न निर्देशन दिनुभएको छ । 

        कोरोना भाइरसको संक्रमण भारतमा समेत देखापरेपछि नेपाल भार सिमा क्षेत्र हुँदै त्यसको संक्रमण नेपालमा पनि फैलिन सक्ने हुनाले उच्च सतर्कता अपनाउन भारतीय सवारीका साधनलाई नेपाल प्रवेशमा कडाई र निगरानी गर्न निर्देशन दिनुभएको हो ।कोरोना संक्रमण रोक्न प्रदेश ५ मुख्यमन्त्रीको कार्यालयले विहिवार बुटवलमा आयोजना गरेको सर्वपक्षीय बैठकले मुलुककै दोस्रो ठूलो नाका रुपन्देहीको वेलहियाबाट संक्रमण नेपाल छिर्नसक्ने भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । 

        मुख्यमन्त्रीले भारतीय सिमा नाकाहुँदै आउने तेस्रो मुलुकका नागरिकहरुलाई समेत नेपाल प्रवेशमा कडाई गर्न निर्देशन दिनुभएको हो ।मुख्यमन्त्री पोखरेलले संक्रमण रोक्न प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि जानकारी दिनुभयो । कोरोना संक्रमण रोक्नका लागि सामाजिक विकास मन्त्रालयले हालसम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखा नपरिसकेको जानकारी गराउनु भयो । 

        प्रदेश अन्तर्गत पर्ने प्रादेशिक स्तरीय ४ वटा सकारी तथा ४ वटा मेडिकल कलेज र प्रदेशका १२ वटै जिल्ला अस्पतालहरुसँग आवश्यक परेको खण्डमा बेड खाली गराई संक्रमितलाई राख्न सक्ने गरी तयारी गरिएको उहाँको भनाई छ । स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले भैरहवा विमानस्थलमा नियमित स्वास्थ्य परिक्षणको काम भैरहेको जानकारी गराउँदै २४ सै घण्टा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मीको अभाव भएको जानकारी दिनुभयो । 

        कोरोना संक्रमण भए नभएको जाँच्नका लागि प्रदेशका विभिन्न नाका तथा विमास्थलमा डेस्क निर्माण गरिए पनि नमूना परिक्षणका लागि भने काठमाण्डौ नै पठाउनु पर्ने अवस्था छ । पुँजीगत खर्च बढाउनेतर्फ प्रदेश सरकारले गंभीर भएर काम गरिरहेको भन्दै चालू आर्थिक वर्षका अन्त्यसम्म ९० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने पनि विश्वास व्यक्त गर्नुभयो । 

        उहाँले प्रदेश सरकार अव देखिने अवस्थामा आईपुगेको भन्दै केही भएन भनेर भ्रम छर्नेहरुका लागि प्रदेश सरकारले केही गरेर देखाउने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले प्रदेश सरकारले सुरु गरेका आयोजनालाई दिगो वनाउने गरी काम गरिरहेको भन्दै अनुगमनलाई पनि उत्तिकै महत्व दिइरहेको बताउनु भयो ।   

        मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा आईसकेपछि प्रदेश सांसदहरु कुनै निर्वाचन क्षेत्रमा मात्र सीमित नभै समग्र प्रदेशकै सांसदको रुपमा रहने भएकोले प्रदेश सभाका साझा मुद्दा टुङ्गो लगाउने विषय पनि साझा जिम्मेवारी भित्र पर्छ भन्ने बुझ्न पनि आग्रह गर्नुभयो । उहाँले प्रदेश राजधानीको टुङ्गो प्रदेश सभाबाटै लगाउने विश्वास व्यक्त गर्दै यसमा साझा विन्दु पहिचान गर्न पनि सांसदहरुसंग आग्रह गर्नुभयो । 

        मुख्यमन्त्रीले भन्नुभयो– ‘राजधानीको विषयमा हामीले पहिलेको जस्तो आञ्चलिक मनोविज्ञान त्याग्नुपर्दछ, कुन सांसद कहाँबाट आएको हो भन्नेपनि विर्सनुपर्दछ र साझा विन्दु खोज्ने विषयमा सहमतिका लागि तयार हुनुपर्दछ । प्रदेश राजधानीको विषयमा बाहिर धेरै कुरा आईरहेको भन्दै मुख्यमन्त्री पोखरेलले बाहिर आएको हल्लाभन्दा पनि र राजधानी कहाँ राख्ने भन्ने विषयमा छलफल गरी सवैलाई मान्य हुने साझा विन्दुको पहिचान गरौं भन्नुभयो । 

        उहाँले राजधानीको विषयमा कुरा गर्दा लुम्विनीले राप्ती भेरीको पनि भावना बुझ्नुपर्छ अनि राप्ती भेरीले लुम्विनीको भावना पनि बुझ्नुपर्छ भन्दै प्रदेश वनाउने हो भने प्रदेश सभाबाटै सहमति गर्नुपर्छ भन्नुभयो ।मुख्यमन्त्रीले प्रदेश सभालाई वलियो वनाउन साझा निष्कर्ष र सहमतिको थलोको रुपमा विकास गर्नुपर्ने भन्दै प्रदेश सभाबाटै हरेक समस्याको समाधान गर्न सकिन्छ भन्ने विश्वास कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

            सोही अवसरमा मुख्यमन्त्रीले आर्थिक मामिला तथा योजना मन्त्रीको समेत हैसियतले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि कानुन संशोधन र एकीकरण गर्न वनेको विधेयक र प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक सदन छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले वातावरण संरक्षण सम्वन्धमा व्यवस्था गर्न विधेयक माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६