समाचार

फागुन बन्यो साउन , असिनावाट ३ पालिकाको कृषि उपजमा क्षेती



कपिलवस्तु १ चैत । ।कपिलवस्तुका ३ वटा पालिकामा आज परेको असिनाले कृषि उपजमा ठूलो क्षती पुराएको छ । कपिलवस्तु नगरपालिका ,यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकाका दक्षिणी भेगका अधिकांस वडामा वाक्लो असिना परेको हो । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्यका अनुसार गोभी,टमाटर लगायतका तरकारी  र आँप लगायतका फलफूल र तोरी गहँु लगायतका कृषि उपजमा असिनाले क्षती पुराएको छ ।

        क्षतीको आर्थिक मुल्य  सहितको विवरण संकलन हुन समय लाग्ने वताउदै  असिना र पानीले इट्टा उद्योगमा समेत क्षती पुराएको आर्यले  जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले निकै ठूलो असिना परेको भए पनि मानविय क्षती भएको जानकारी नआएको वताउदै भौतिक क्षती भएको प्रष्टाउनु भयो । कतिपय सवारी साधनका सिसा समेत असिनाले फुटाएको जानकारीमा आएको कपिलवस्तु जीप तथा टयाक्सी ब्यवसायी समितिका  दिनेश हमालले वताउनु भयो ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६