चन्द्रौटा, २ चैत । कृष्णनगर चन्द्रौटा सडक : हाइप्रोेफाइल निर्माताको लो प्रोफाइल प्रगती,२० किमी सडक चौडा बनाउन ३ बर्ष ,१ बर्षमा २० प्रतिशत काम सुन्दा अनौठा लाग्ने विवरण प्राप्त हुनु आफैमा नमिल्दा तथ्य हुन् तर यी तथ्य सो सडकका बास्तविकता हुन् ।सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो ।
रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन लगायतको कामले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख सुबोधकुमार देवकोटाले बताउनुभयो । जटिल काम सम्पन्न भइसकेकाले बाँकी दुई वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने देवकोटाले बताउनुभयो ।
अहिले सडकमा ज्वाइन सर्वे, माटो फिलिङ, टप स्वाइलको काम सकिएको छ । सडक निर्माणमा पानी परेपछि एक हप्ता प्रभावित हुने गरेकाले पनि केही ढिलाइ भएको उक्त योजना परामर्श सेवाका इञ्जिनीयर रमेशलाल श्रेष्ठले बताउनुभयो । भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो भएको हुँदा निर्माण कम्पनीलाई समस्या रहेको र समय अपुग भए केही समय थप गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सडक निर्माणको ५१ प्रतिशत सामग्री भारतबाट आयात गरिने छ ।भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयातनिर्यातमा सहज हुने विश्वास छ । यो आयोजना सक्न अझै २५ महिना लाग्ने निर्माण कम्पनी दिनेशचन्द्र कालिका कन्ट्रक्सन जेभीले जनाएको छ । सडकभित्र पर्ने ५१६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ । अब ग्राबेल गरी पिच भत्काउने काम शुरु हुने निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा २२० ले रोजगारी पाएका छन् ।
प्रतिक्रिया