सूचना र प्रविधि

बसभित्र रक्तदान ?



कास्की २ चैत्र । सुन्दा अचम्म लाग्ला तर अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो । रोटरी क्लब अफ अन्नपूर्ण पोखरा र कोरियन रोटरी क्लब रोटरी क्लब अफ याङ्जुको संयुक्त लगानीमा रु एक करोडको लगानीमा शाखाले सो बस सञ्चालनमा ल्याएको शाखाका सभापति डोलराज पाण्डेले जानकारी दिनुभयो । शनिबारदेखि नै सो बसभित्र रगत सङ्कलन शुरु भएको जनाइएको छ । सो बसमा रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । 

                 समग्र गण्डकी प्रदेशलाई सो सेवाबाट फाइदा पुग्ने विश्वास लिइएको छ ।भारतमा निर्मित ‘आइसर’ कम्पनीको उक्त  बस वातानुकूलित एसी रहेको जनाइएको छ । दान शैया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्थाका साथै रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री बसभित्र राखिएका छन् ।  बस सञ्चालनमा आएपछि पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने बताइन्छ ।सो सेवा पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरख र  म्याग्दीसम्म एम्बुलेन्स पुगी रगत सङ्कलन गर्ने योजनासहित सञ्चालनमा ल्याएको शाखाका मन्त्री धर्मराज अधिकारीले जानकारी दिनुभयो । प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने भएकाले रगतसमेत माग बढेकाले  घुम्ती बस उपयोगी हुने अपेक्षा गरिएको छ । 

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६