समाचार

प्रादेशीक अस्पत्ताल बुटवलको आइसोलेशनमा रहेका युवामा कोरोना संक्रमण भेटिएन : केन्द्रिय प्रयोगशाला ,स्वास्थ्यमा सुधार भई रहेको छ : मेसु खनाल



बुटवल ३ चैत्र ।कोरोना संक्रमणको आशंका गरेर प्रादेशीक अस्पत्ताल बुटवलको आइसोलेशन वार्डमा भर्ना गरिएका गुल्मीका युवामा कडा खालको निमोनिया फेला परेको छ । तामनगर स्थित कोरियन कम्पनीमिा कार्यरत रहेका वखत आइसोलेशनमा भर्ना भएका युवामा  कोरोनाको संक्रमण नभएको पाईएको हो । २१ वर्षका ती युवामा कडा खालको निमोनिया देखिएको  सरुवा रोग अस्पत्ताल  टेकुको केन्द्रिय प्रयोगशालामा  गरेको ल्याव परीक्षणवाट कडा खालको निमोनिया फेला परेको प्रादेशीक अस्पत्तालका मेसु राजेन्द्र खनालले जानकारी दिनु भयो । 

             सोहीअनुसार उनको घाँटीभित्रको र्‌यालको नमूना परीक्षण गर्दा संक्रमणको पुष्टि नभएको वताइएको हो । केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणले कोरोनाको संक्रमण नभएको पुष्टि गरेको उहाले वताउनु भयो । उहाले काठमाडौंबाट टेलिफोनमार्फत आज जानकारी पाएको बताउनु भयो । उहाका अनुसार ती युवाको स्वास्थ्यमा सुधार भईरहेको छ। 

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६