सूचना र प्रविधि

प्रदेश ५ : शंकर बने कांग्रेसका नयाँ सांसद, पेस्तोल सहित पक्राउ परेका शंकरले कस्तो भूमिका खेल्लान संसदमा ?



रुपन्देही ३ चैत्र ।प्रदेश ५ को विपक्षी नेता समेत रहेका नेपाली कांग्रेसका सांसद बलदेव शर्मा पोख्रेलको क्यान्सरवाट मृत्यूपछि  रिक्त प्रदेश सभा सदस्य पदमा दाङका शंकर गिरी निर्वाचित भएका छन्।निर्वाचन आयोगको आइतबार बसेको बैठकले गिरीलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। विपक्षी दल कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो।

                नेपाली कांग्रेसको सिफारिसमा सो पदमा गिरीलाई प्रदेश सभा सदस्य नियुक्त गरिएको हो। निर्वाचन आयोगले गिरीलाई आईतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले वताउनु भयो ।  निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने छ। सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा औपचारीक रुमा प्रवेश गर्ने छन्। २०७० सालको संविधान सभाको निर्वाचनमा पनि शंकर गिरीको नाम समानुपातिक सूचीमा थियो। तर संविधान सभामा प्रवेश गर्न पाएनन्। २०७४ सालको चुनावमा प्रदेश सभातर्फ समानुपातिक सूचीमा रहेपनि २ वर्षपछि मात्र प्रदेश सभा प्रवेश गने अवसर पाएका हुन् । 

        ३ कार्यकाल नेपाली कांग्रेसको दाङ जिल्ला सचिवको रुपमा रहेका गिरी बाह्रौ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका हुन्। खुमबहादुर खड्काको प्रभाव मानिएको दाङमा उनी भने खुमबहादुर इतर समुहका हुन्।पार्टीको नवौं महाधिवेशनदेखि निरन्तर रुपमा महाधिवेशन प्रतिनिधिको रुपमा रहेका थिए । १६ वर्षको उमेरमा २०२७ सालमा तुल्सीपुरको राप्ती अञ्चलका अञ्चालाधीश परिषरमा कालो झण्डा गाडेर गिरीले राजनीतिको सुरुवात गरेका हुन्।

            २०३१ सालमा नेपाली कांग्रेसले हतियार उठाउँदा उनी पेस्तोल सहित गिरफ्तार भएका थिए। २०३६ सालमा बहुदल प्रचार समिति दाङको सचिव रहे।२०३८ सालको निर्वाचन बहिस्कार र ०४२ सालको सत्याग्रहमा उनी जेल परेका थिए। २०४० सालमा पार्टीको राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य भए।शिक्षण पेशामा पनि रहेका शंकर गिरी १० वर्ष दाङको अमर मावि उरहीमा प्रधानाध्यापक थिए। प्रअबाटै राजीनामा दिएर उनी पूरा समय राजनीतिमा होमीएका हुन्।उनी इमान्दार कार्यकर्ताका रुपमा कांग्रेस  भित्र परिचित छन् ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६