अन्तर्राष्ट्रिय

कोरोना कहरः पछिल्लो २४ घण्टामा ८ सय बढीको मृत्यु, १ सय ६५ देशमा संक्रमण



एजेन्सी, ५ चैत । चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरको को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने महामारीकै रुपमा फैलिएको छ ।  चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको संख््या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको मृत्यु भईसकेको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ ।

        चीनबाहिर पछिल्लो २४ घण्टामा ८ सय ३ जनाको मृत्यु भएको छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित भएका छन् । इटलीमा पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् । इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुगेको छ ।  एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । चिनमा कोरानो नियन्त्रणमा आए पनि इटली लगायतका देशमा यो व्यापक रुपमा फैलिदै गएको छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६