एजेन्सी, ५ चैत । चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरको को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने महामारीकै रुपमा फैलिएको छ । चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको संख््या पनि बढेको छैन । कोरोनाका कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको मृत्यु भईसकेको छ । चीनपछि सबैभन्दा धेरै इटलीमा ज्यान गएको छ ।
चीनबाहिर पछिल्लो २४ घण्टामा ८ सय ३ जनाको मृत्यु भएको छ भने १५ हजार सात सय ४० जना नयाँ सङ्क्रमित भएका छन् । इटलीमा पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय २६ जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ । भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या दुई हजार पाँच सय तीन पुगेको छ । भाइरसको सङ्क्रमण देखिएका ३१ हजार पाँच सय ६ जनामध्ये झण्डै तीन हजार जना उपचारपछि निको भएका छन् । इरानमा पनि पछिल्लो २४ घण्टामा एक सय ३५ जनाको ज्यान गएको छ । इरानमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८८ पुगेको छ । एक लाख ९८ हजारभन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएकोमा साढे ८१ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । सात हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । चिनमा कोरानो नियन्त्रणमा आए पनि इटली लगायतका देशमा यो व्यापक रुपमा फैलिदै गएको छ ।
प्रतिक्रिया