पर्यटन

किन भयो टिकटकले भाईरल धकधईको ग्रीन जोन



रुपन्देही, ५ चैत । भैरहवा–भुमही सडक खण्डमा पर्ने धकधई नजिकै अहिले युवा युवतीहरुको भिड लाग्ने गरेको छ । केही दिनसम्म सामान्य जस्तै देखिने यो क्षेत्रमा स्थानिय युवा युवतीले मात्र हैन जिल्ला बाहिरका युवाहरुको लागि पनि आकर्षणको केन्द्र बनेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा भैरहवाका ब्यवसायी राजीव बेरीवालले लगाएको लहरे पिपलको बगैचा अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ । 

        बसन्त ऋतुको आगमन संगै अहिले पिपलमा पालुवाहरु पलाउन थाले पछि यसको आकर्षणमा युवा युवतीहरु मुग्ध भएका छन् । यसको साथै आकर्षक एवम एउटै लाईनमा रापिएको कारण यसले थप आकर्षण देखिएको छ । रुपन्देहीकै बुटवल, मुर्गिया, मणिग्राम लगायत मात्र हैन नवलपरासी, कपिलवस्तु र चितवन सम्मका युवाहरु अहिले यहा टिकटक, फेसबुक लगायतमा फोटो र भिडियो बनाएर पोष्ट गरि रहेका छन् ।

        सामाजिक सञ्जालबाट नै यो ठाउको बारेमा थाहा पाएको धेरैले प्रतिक्रिया दिए । उनीहरुले यो ठाउमा बिदेशको जस्तो दृश्य आउने भएकोले धेरै नै लोकप्रिय रहेको बताए । युवाहरुको आकर्षण बढ्दै गए पछि अहिले रोहिणी गाउँपालिका पनि यसको प्रवद्र्धनमा जुटेको छ । रोहिणी गाउँपालिका सामाजिक सञ्जालकै माध्यमबाट भए पनि देश बिदेशमा चिनिएको भन्दै यहाका स्थानियहरु पनि खुशी छन् । 

        रोहिणी गाउँपालिकाको कार्यालयले पनि अब यसको संरक्षणको प्रयास गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष सनोज कुमार यादवका अनुसार ब्यक्तिगत जग्गा भए पनि यहाँ खानेपानी र शौचालयको ब्यवस्था गरेर यसलाई थप ब्यवस्थित बनाईने बताउनुभयो । युवा युवतीहरुको आवागमन हुने भएकोले यस क्षेत्रमा सुरक्षा र अन्य गलत गतिविधि हुन नदिन पनि गाउँपालिकाको दायित्व रहेकोले यसको प्रवन्ध गरिने उहाँको भनाई छ । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६