समाचार

दुई सरकारी विद्यालयमा मास्क वितरण



रुपन्देही, ५ चैत । रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमणविरुद्ध जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसैक्रममा संघले बुटवलका दुईवटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुलाई मास्क तथा साबुन वितरण गरेको छ । संघ अन्तर्गतको बस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई मास्क तथा साबुन वितरण गरिएको थियो । 

        बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेका सरस्वती मा.वि. र बुटवल माविमा सो कार्यक्रम गरिएको थियो । संघका तर्फबाट सबै विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई मास्क तथा सावुन प्रदान गर्दै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने सावधानिका बारेमा सचेत गराइएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुदै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले साना बालबालिकाहरुको जीवन रक्षाका लागि संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराउनु भयो । सरस्वती निमावि र बुटवल माविमा छुट्टाछुटै कार्यक्रमको आयोजना गरि माक्स तथा साबुन वितरण गर्दै सचेत हुन आग्रह गरिएको थियो । 

        कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक अखतरमुल्लाहा खा, सरस्वती निमाविका प्रधानाध्यपक तुल्सीराम भण्डारी लगाएत बोलेका थिए । कार्यक्रम कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सह संयोजक गोकुल ज्ञवालीको स्वागत तथा सचिव विजय सुवेदीको सञ्चालनमा भएको थियो ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६