समाचार

चिट समातिए पछी विद्यार्थीद्धारा आत्महत्या



कपिलवस्तु , ५ चैत । साथमा रहेको चिट समातिए पछी कपिलवस्तुमा १ वालिकाले आत्म हत्या गरेकी छिन । शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आर्दश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत सिमा विकले आत्महत्या गरेकि हुन । चैत ३ गते पेशा तथा व्यवसायिक विषयको परिक्षा दिदै  थिईन । नगरबाट आएको अनुगमन टोलीले चिट वरामद गरेको थियो । उनीबाट चिट समाए पनी कुनै अभ्रद्र व्यावहार गरीएको थिएन । पछाडीको वेच्नमा किताव फेला परे पछी पुस्तक लिइएको थियो । थप कारवाही केही नगरीएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताउनु भयो ।
शिवराज नगरपालिका वडा न १ उमरी बस्ने १८ वर्षिय सिमा आत्महत्या गर्नुको कारण आफुले गर्दा विद्यालयको बदनाम भएको उल्लेख भएको शुसाईड नोटमा उल्लेख गरीएको छ । आफु  माफि माग्न लायक नभएको पत्रमा लेखिएको छ । मंगलवार सुरही सामुदायिक बनमा जामुनको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला पारेका थिए ।
विकले एक साथिलाई पत्र प्रध्यानाध्यापक लाई बुझाई माफि मागि दिन अपिल गरेकि छिन् । “मेरो सानो गल्तिले विद्यालयको बदनाम भएको छ, म यो समाजमा मुख देखाउन लाएक छैन, म मर्न चाहान्छु, मलाई माफि दिनुहोला” पत्रमा उल्लेख छ । चिट भेटेपछि शिक्षकले विद्यार्थीहरुको प्रवेश पत्र र उत्तर पुस्तिका केहि समयको लागि खोसेका थिए ।  उनले २ पेजको नोटमा भावुक शव्दहरु लेखेकि ईलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले वताउनु भएको छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६