अन्तर्राष्ट्रिय

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो



न्यूयोर्क, ५ चैत । कोरोना भाइरसका कारण विश्व शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ ।  जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने छ हजार नाघेको छ ।  अधिकारीका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या छ हजार २३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १०५ पुगेको अधिकारीले जानाकारी दिएका छन् । 

अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो । उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् । अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५०० नाघेको छ भने दैनिक सयाँैको सावस्थ्य परीक्षण भइरहेको छ । जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार विहानसम्मको विवरण अनुसार कूल ३६ जनाको मृत्यु भएको छ । भारतमा दिनप्रतिनिधि बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ ।   

कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ । भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन् । इजरायलमा थप नब्बेजना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको सङ्ख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन् । (रासस÷सिन्ह्वा)

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६