पर्यटन

सरकार संचालनमा पार्टीले हस्तक्षेप गर्दैन, पार्टी निर्णय कार्यन्वयनमा सरकार चुक्नेछैन : नेपाल



तौलिहवा ६ चैत्र ।पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बिषयमा प्रधानमन्त्री केपि ओलीमा कुनै द्विविधा नदेखेको वताउनु भएकोछ । प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडाको विषयमा बढी सरोकार देखाउनु भएको हो सो विषयमा पार्टीले कुनै हस्तक्षेप गरेन उहा अर्थमन्त्री बन्नु भयो ।अव बामदेव राष्ट्रिय सभा सदस्य बन्नु हुन्छ उहाले प्रष्टयाउनु भयो। सरकार र सत्तारुढ पार्टीसंग धेरै विकल्प रहेकाले एक दुई जना ब्यक्तिका विषयमा कुनै विवाद गर्ने स्थिती नै छैन उहाले भन्नु भयो ।पार्टीले सरकारलाई आवश्यक समयमा आवश्यक प्रकृया पुराएर कुनै विषयमा यसरी जानु पर्छ भन्ने हो हरेक हिसावमा सरकारलाई हस्तक्षेप गर्ने होइन उहाले प्रष्टयाउनु भयो । 

             संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समिति सभापति सहित समिती अन्र्तगतको विश्व संपदा सूचिमा सुचिकृत साँस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिका प्रतिनिधी सहित कपिलवस्तु आउनु भएका नेपालले संचारकर्मीसंग कुराकानी गर्दै यस्तो वताउनु भएको हो ।सचिवालय बैठकमा सर्वसम्मतिबाट भएको निर्णय कार्यान्वयन भएर छाड्ने नेता नेपालको भनाइ छ । संसदीय टोली सहिते कपिलवस्तुको पुरातात्विक बुद्धस्थलको आउनु भएका नेपालले सचिवालयले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ भन्दै आफुले यस्तो कुरा सोच्नै नसकेको वताउनु भयो । प्रधानमन्त्री ओलीसहितको सहमतिमा भएको निर्णय पालना हुनेमा आफू ढुक्क रहेको नेपालले वताउनु भयो । तपाई  प्रचण्डसंग मिलेर ओलीलाई पेल्ने ओलीसंग मिलेर प्रचण्डलाई कमजोर पार्ने कार्यमा लाग्नु भएको छैन र ? भन्ने संचारकर्मीको प्रश्नमा भन्नु भयो माधव नेपाल सधै भरी पार्टीहितको पक्षमा हुन्छ कुन नेता नजिक आउछ वा टाढा जान्छ भन्ने ख्याल गर्दैन उहाले भन्नु भयो ।  

                नेपालले एमसीसी संझौता अनुमोदन गर्न पार्टीको कार्यदलले दिएको सुझाव आफूहरुको हातमा अझै नपरेको उहाँको भनाई थियो ।  सुझावलाई अध्ययन गरेर छिटो टुङग्याउने उनको भनाइ छ । उहाँले पुरातात्विक पर्यटकीय स्थलको भ्रमणपछि नेपालले बुद्धस्थलमा धेरै काम गर्न बाकी रहेकाले योजना बनाए अघि बढ्न सरकारको ध्यानकर्षण गरिने बताउनु भयो । टोलीले बुद्धसँग जोडिएका सिसहनिया, निग्रोधराम, गोटिहवा, तिलौराकोट, निग्लिहवा, सगरहवा र बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालको अवलोकन गरेको हो । सासदको अन्तर्राष्ट्रिय सम्बन्धन समिति सभापति पवित्रा निरौला, उपसमिति संयोजक सुजिता शाक्य, सदस्यहरु माधव कुमार नेपाल, उमा रेग्मी, बोधमाया यादव र सरला यादवको टोली अवलोकनमा सहभागी रहेको थियो । 

        समिति पदाधिकारीलाई लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार ज्ञिपाठीले बुद्धस्थलका ऐतिहासिक, पुरातात्विक र सास्कृतिक महत्वबारे जानकारी गराउनु भएको थियो । संसदीय समिती र उपसमिति पदाधिकारीले यहा ६ वटा ऐतिहासिक र पुरातात्विक स्थल भ्रमण गरेका हुन ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६