सूचना र प्रविधि

कोरोना विरुद्धको सघन अभियान,के गर्ने र नगर्ने ? टोलटोलमा माईकिङ्ग



कपिलवस्तु ६ चैत्र वाणगंगा नगरपालिकाले  कोरोना विरुद्धको तयारीलाई सघन रुपमा अगाडि बढाउने निर्णय गरेको छ  । वुधवार सम्पन्न दैवि प्रकोप तथा विपद् व्यवस्थापन समितिको वैठकले पिपरा स्थित अस्पतालमा आइसोलेसन वार्ड खडा गर्ने , नगरभित्र रहेका निजि अस्पतालहरुलाई पनि आइसोलेसन राख्न अनुरोध गर्ने , स्वास्थ्य कर्मीलाई यस विचमा विदा नदिने निर्णय गरेको छ । यस्तै हाड वजारहरुमा सकभर नजान नगरवासीलाई अनुरोध गर्ने , ११ वटै वडामा कोरोना विरुद्ध सचेतना समिति गठन गर्ने , नगर भित्रका ८ वटा एसइई केन्द्रमा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको मेयर एवं समितिका संयोजक मंगल प्रसाद थारुले बताउनु भयो । नगरभित्रका सञ्चारमाध्यमबाट जनतालाई सचेतना प्रवाह गर्न एकरुपता अपनाउन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको उपमेयर चक्रपाणी अर्यालले बताउनु भयो । 

            नगरभित्र कोरोना विरुद्ध सबैलाई सचेत तुल्याउन हरेक टोलवस्तीमा माइकिङ गर्ने , वजार क्षेत्रमा कुनै पनि भेला , गोष्ठी सम्मेलन र जमघट नगर्ने नगराउने निर्णय नगरले लिएको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थिले बताउनु भयो । दैवि प्रकोप तथा विपद् व्यवस्थापन समितिको वैठकमा बोल्दै उद्योग वाणिंज्य संघका अध्यक्ष उमनाथ पौडेल , नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे , प्रहरी निरिक्षक आयुष कुमार जोशी लगायतले बोल्दै कोरोना विरुद्धको अभियान सबैको साझा भएको बताउनु भएको थियो । नेकपाका नगर अध्यक्ष शंकर पाण्डे र नगरका वडा अध्यक्षहरुले समेत पुर्व तयारीका विषयमा बोल्नु भएको थियो । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६