समाचार

यसरी भयो कृष्णनगरमा टेण्डर खोल्ने विषयमा विवाद



कपिलवस्तु ७ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका टेण्डर खोल्ने विषयमा विवाद भएको छ । नगरपालिकाले ४ योजनाका लागी वोलपत्र आह्वान गरी खोल्ने विषयमा मतभेद हुदा विवाद भएको हो । विवाद वढदै जादा उपमेयर पक्ष र प्रमुख प्रशासकिय विच धक्का धक्की समेत भएको थियो । कृष्णनगर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरी माथी उपमेयर पक्षले धकेलेका थिए । धकेला धकेल हुदा चौधरी कुर्चि वाट पल्टीएका स्रोतले वताएको छ ।

        चौधरीको अनुसार उपमेयरका सल्लाहकार तुफेल खानले टेण्डरको विषयमा जानकारी नगराएको भन्दै विवाद निम्ताएका थिए । मैलै तपाईलाई जानकारी गराउनु पर्ने कुनै आधार नभएको भने पछी जंघिदै उपमेयर पक्षबाट धक्काधक्की भएकोे चौधरीको भनाई रहेको छ । सो टेण्डरको विषयमा यस अगाडी पनी विवाद भएको थियो । प्राविधिक त्रुटी भएको कारण देखाई नगरपालिकाले टेण्डर रद्ध गरी पुन आह्वान गरेको नाम नखुलाउने शर्तमा एक जना कर्मचारी वताउछन । 

        यता उपमेयर पक्ष विच घटनाको विषयमा सोधपुछ गर्दा उपमेयर को अनुगमन विना योजनाको वापत २ करोड वढी रकम भुक्तानी गरे पछी सोही विषयमा विवाद भएको खानले वताए । योजनाको फाईल लुकाउने र मनपरी ढंगले रकम भुक्तानी गर्दा विवाद भएको खानले वताए ।  

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६