कपिलवस्तु ७ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका टेण्डर खोल्ने विषयमा विवाद भएको छ । नगरपालिकाले ४ योजनाका लागी वोलपत्र आह्वान गरी खोल्ने विषयमा मतभेद हुदा विवाद भएको हो । विवाद वढदै जादा उपमेयर पक्ष र प्रमुख प्रशासकिय विच धक्का धक्की समेत भएको थियो । कृष्णनगर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरी माथी उपमेयर पक्षले धकेलेका थिए । धकेला धकेल हुदा चौधरी कुर्चि वाट पल्टीएका स्रोतले वताएको छ ।
चौधरीको अनुसार उपमेयरका सल्लाहकार तुफेल खानले टेण्डरको विषयमा जानकारी नगराएको भन्दै विवाद निम्ताएका थिए । मैलै तपाईलाई जानकारी गराउनु पर्ने कुनै आधार नभएको भने पछी जंघिदै उपमेयर पक्षबाट धक्काधक्की भएकोे चौधरीको भनाई रहेको छ । सो टेण्डरको विषयमा यस अगाडी पनी विवाद भएको थियो । प्राविधिक त्रुटी भएको कारण देखाई नगरपालिकाले टेण्डर रद्ध गरी पुन आह्वान गरेको नाम नखुलाउने शर्तमा एक जना कर्मचारी वताउछन ।
यता उपमेयर पक्ष विच घटनाको विषयमा सोधपुछ गर्दा उपमेयर को अनुगमन विना योजनाको वापत २ करोड वढी रकम भुक्तानी गरे पछी सोही विषयमा विवाद भएको खानले वताए । योजनाको फाईल लुकाउने र मनपरी ढंगले रकम भुक्तानी गर्दा विवाद भएको खानले वताए ।
प्रतिक्रिया