समाचार

नगरको विकासको लागी अगाडी वढेको छु , नगर प्रमुख श्रेष्ठ



कपिलवस्तु
वुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरको विकासको लागी आफु सधै अगाढी वढेको वताउनु भयो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाईमा वोल्दै नेता श्रेष्ठले वुद्धभुमी ६ महुवामा पुल निमार्णको लागी समेत पहल भएको वताउनु भएको छ । संघ तथा प्रदेसमा महुवा वलरमवापुर जोडनको लागी पक्की पुल आवश्यकता पर्ने भएको ले निकायमा पहल भएको वताउनु भयो ।
कार्यक्रममा वोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत लिल वहादुर राउत क्षेत्रीले नगरपालिकाले विकास निमार्णका काममा कसैलाई विभेद नर्गने वताउनु भयो । कार्यक्रममा वोल्दै वुद्धभुमी नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष नन्दलाल यादवले नगरपालिकाको सवै भन्दा पछाडी परेको वडा ६ नं. भएको हुदा यहाको विकासको लागी प्राथमिता दिनु पर्ने वताउनु भयो । अन्य वडा भन्दा सडक सिंचाई, पुर्वाधार लगायतको विषयमा वडा नं. ६ मा कमजोर भएको हुदा संघ प्रदेश र नगरपालिकाले थप योजना ल्याउनु पर्ने यादवले वताउनु भयो ।
नगरपालिकाको काम गतिविधी , सेवा ग्राही विचका गुनासो लगायतको विषयमा सरोकारवाला विच छलफल समेत गरीएको छ । कार्यक्रममा कोरोना रोगको संक्रमण बाट सचेत रहन नगरवासीहरु लाई अनुरोध समेत गरीएको थियो ।

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६