कपिलवस्तु ७ चैत्र । वजारमा सेनिटाईजर किन्न पाउनु भएको छैन भने हामी तपाईलाई घरमा कसरी सेनिटाईजर वनाउन सक्छौ सिकाउने छौ । यसका लागी तपाईले अल्कोहल ( सर्जिकल स्प्रिट जुन मेडिकलमा पनी पाईन्छ ) ग्लिसिरीन , एलोभेरा चाहिन्छ । यी सामाग्री तपाई संग छ भने घरमै सेनिटाईजर वनाउन सक्नु हन्छ ।
सवै भन्दा पहिला आधा कप अल्कोहल लिनु होला । यो अल्कोहल मेडिकलमा किन्न पाईन्छ । अव यसलाई एउटा सफा भाडोमा राख्नु होस । अव आधा कप एलोभेरा को रस लिनु होस । एलोभेराको रस भित्रको गुदी निकालेर वनाउन सक्नु हुन्छ । यदी घरमा एलोभेरा छैन भने तपाईले वजारमा पाईने एलोभेरा जेल समेत प्रयोग गर्न सक्नु हुन्छ । अव तपाईले त्यसमा १ चम्चा ग्लिसिरीन मिसाउनु पर्ने छ । ग्लिीसिरीन तपाईले कस्मेटिक पसलमा किन्न सक्नु हुन्छ ।
यी सवै लाई राम्रो संग मिश्रण गरे पछी घर मै सस्तो मुल्यमा सेनिटाईजर तयार हुन्छ । यदी तपाईलाई यो सामाग्री राम्रो लाग्यो भने शेयर गरेर सवैलाई जानकारी दिन सक्नु हुन्छ ।
प्रतिक्रिया