समाचार

आफ्नै श्रीमती हत्यारा २२ वर्षपछि पक्राउ



रुपन्देही ८ चैत्र ।  आफ्नै श्रीमतिको घाँटी थिचेर हत्या गर्ने महन्थ ठाकुर २२ वर्षपछि पक्राउ परेका छन । वि.सं. २०५४ साल बैशाख २२ गते रुपन्देही जिल्लाको साविक हर्नैया गाविस ९ हाल सियारी गाउँपालिका वार्ड नं.३ जगहात्था बस्ने २६ वर्षीया शारदा यादवलाई उनकै  श्रीमान महन्थ ठाकुरले घरमै घाँटी थिची हत्या गरेका थिए । हत्याको आरोपमा तत्कालीन पुनरावेदन अदालत बुटवलले वि.सं. २०५६ चैत २९ गते महन्थलाई १० बर्ष कैद ठहर गरेको थियो । 

        श्रीमतिको हत्या लगत्तै फरार भएका महन्थलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले २२ वर्षपछि गत फागुन २९ गते रुपन्देहीकै हर्नैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई अदालतको फैसला अनुसारको कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको छ ।त्यसैगरी रुपन्देहीको सैनामैना नगरपालिकाको एक लजमा एक व्यक्ति शुक्रवार विहान मृत अवस्थामा फेला परेका छन् । 

        सैनामैनामा रहेको हाम्रो अर्घाखाँची रेष्टुरेण्ड एण्ड लजमा विहिवार साँझ खान खाएर बसेका सैनामैना नगरपालिका–५ का ४८ वर्षका मेघबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।खत्रीले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । 

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६