अन्तर्राष्ट्रिय

भारतमा जनता कर्फयु कोरोनाभाइरस सङ्क्रमितको संख्यामा वृद्धि, बिहारमा पहिलो मृत्यु



एजेन्सी, ९ चैत । विश्वभर फैलिएको कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ’जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको संख्या बढेर ३ सय ४१ पुगेको वि.वि.सी.ले जनाएको छ । आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित भएका हुन् । महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।

        नेपालको सिमाना जोडिएको बिहार राज्यमा २ जना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको छ ।  राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो ।  ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ । उनको मृत्यु शनिवार भएको थियो र पछि प्राप्त रिपोर्टमा उनमा कोरोनाभाइरस पोजेटीभ देखिएको बताइएको छ।

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६