समाचार

कोरोना भाइरसको आंशका गरिएका वीरगञ्जका व्यापारीको रिपोर्ट नेगेटिभ



 वीरगंज, १० चैत ।  नोभल कोरोना भाइरस संक्रमित भनिएका पर्साको वीरगञ्जका एकजना व्यापारीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।  कोरोना भाइरस संक्रमण भएको आशंकामा भारतको बिहार राज्यस्थित पटना मेडिकल कलेजमा भर्ना भएका वीरगन्ज निवासी ६७ वर्षीया व्यापारी  शिवकुमार रुंगटाको स्वास्थ्य रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ ।   बिहारस्थित पटना मेडिकल कलेज अस्पतालले आइतबार साँझ रुंगटाको परिवारलाई उपलब्ध गराएको स्वाब र रगतको नमूना परीक्षण नतिजामा कोरोना संक्रमण नेगेटिभ आएको हो । 

          भारतको दिल्लीबाट केही दिनअघि मात्र वीरगन्ज आइपुगेका रुंगटा बिरामी भएपछि थप उपचारका लागि पटना लगिएको थियो । नेपालका  केही सञ्चारमाध्यमले पटना मेडिकल कलेजमा उपचाररत रुंगटामा कोरोना पोजेटिभ देखिएको समाचार प्रसारण गरेका थिए ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६