समाचार

कोरोना प्रकोपः आजदेखि शितगंगा नगरपालिकाका सबै वडा कार्यालय बन्द



अर्घाखाँची , १० चैत । देशकै ठूलो भूगोल भएको अर्घाखाँचीको शितगंगा नगरपालिकाले आफ्ना सबै वडा कार्यालयहरु आज सोमबारबाट बन्द गर्ने भएको छ । कोभिड १९ कोरोना भाइसरको संक्रमण भैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्र्पुण वडा कार्यालयहरुमा चैत २१ गते सम्म अत्यावसेक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिने भएको छ । यति बेला देश तथा बिदेश बाट समेत हजारौको संख्यामा स्थानियहरु प्रवेस गरिरहेको अवस्थामा कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै वडामा आकस्मिक बाहेका सेवा बन्द गर्ने निर्णय भएको वडा नम्बर ३ का वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो । साथै नगरपालिकाले आव बैठक बसी सरकारले निषेध गरेका सम्पूर्ण क्रियाकलापमा रोकलगाउने र बिभिन्न माध्यमबाट कोरोना बिरुद्ध सचेत गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

        साथै नगरपालिकामा जमघट हुने गरि कुनै कार्यक्रम सञ्चालन हुन नदिने र स्वास्थ स्वयमसेबिका , गणकहरुलाइ सचेतना कार्यक्रममा समावेस गरि स्थानियहरुलाइ सचेत गराउने अभियान गर्ने निर्णय भएको छ । कोरोनाको संक्रमण फैलिने डरले शहरबाट दौनिक हजारौको दरले स्थानियहरु गाँउ फर्किएका छन । आज मात्र करि १०० बढी बस तथा ५० बढी हाइसमा करिव १५ हजार स्थानियहरु शितगंगा नाका बाट भित्रिएका छन । 

        शितगंगा उद्योग बाणिज्य संघले शितगंगा नगरपालिकामा दौनिक उपभोग्य बस्तुको अभाव तत्काल नरहने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै शितगंगा नगरपालिकामा कालोबजारी हुन सक्ने भन्दै उपभोत्ताहरुलाइ सजक बनाउन उद्यँेग बाणिज्य संघले हरेक सामाग्री खरिदमा अनिवार्य विलको प्रयोग गर्न अनुरोध गरेको छ । साथै सम्पुर्ण ब्यापारीहरुलाइ तोकिएको मुल्य भन्दा बढीमा कुनै सामाग्री  बेचबिखन नगर्न अनुरोध गरिएको छ । सस्थामा सचिव लक्ष्मण पन्थी र अध्यक्ष चिन्ताराज अधिकारी द्धारा जारी गरिएको विज्ञप्तिमा यदि कसैले तोकेको मुल्य भन्दा बढीमा सामाग्री किनबेच गरेको भेटेमा कानुन बमोजिम कारवाही हुने बताइएको छ । साथै उपभोत्ताहरुलाइ समेत सामानको अभाव नहुने जानकारी गराउदै आवस्यक भन्दा बढी सामाग्री खरिद नर्गन अनुरोध गरिएको छ । 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६