समाचार

स्वास्थ्यचौकीलाई जग्गा दान



म्याग्दी १० चैत्र । धौलागिरि गाउँपालिका–७ ताकमका रेशमबहादुर थापाले ताकम स्वास्थ्यचौकीलाई चार रोपनी दुई आना जग्गा दान गर्नुभएको हो ।  स्वास्थ्यचौकी भवनसँगै रहेको रु १२ लाख बराबरको जग्गा थापाले उपलब्ध गराउनुभएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । यसअघि ताकम स्वास्थ्यचौकीसित छ रोपनी जग्गा थियो । जग्गा उपलब्ध भएपछि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्यया क्षमताको अस्पताल बनाउन सजिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तरोन्नति बनाउने स्वास्थ्य सस्थामा सो चौकी समावेश भएको छ ।भवन निर्माण प्रक्रिया अघि बढाउन पहिलो चरणमा मापदण्डअनुसारको जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष सुवेदी जानकारी दिनुभयो । अस्पताल निर्माण भएपछि विकट क्षेत्रका बासिन्दाले सहज तथा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने भएकाले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाता थापाले बताउनुभयो । यसैगरी धौलागिरि गाउँपालिकाको केन्द्र रहेको मुनामा पनि स्वास्थ्यचौकी भवन निर्माणको प्रक्रिया थालिएको छ । उक्त भवनको लागत रु ९४ लाख रहेको छ । भवन निर्माण गर्न ठेक्का प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीले जानकारी दिनुभयो ।  

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६