रुपन्देही १० चैत्र । लामो समयदेखि युवाको क्षेत्रमा कार्य गर्दै आईरहेको नेपाल युवा परिषदले युवालाई सशक्तिकरण गर्ने उद्धेश्यले जिल्ला शाखा विस्तारको प्रकियामा अगाडि बढेको छ । शाखा विस्तारको क्रममा रुपन्देही जिल्लाका युवाहरुलाई सशक्तिकरण गर्ने जिम्मा युवा अभियानता कुशल डुम्रेले पाउँनुभएको छ । विगतका वर्षमा युवा र सामाजिक क्षेत्रमा कृयाशिल रहनुभएका डुम्रेलाई नेपाल युवा परिषद केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला संयोजकमा नियुक्ति गरेको हो । सयोजक डुम्रेको नेत्वृतमा जिल्लाका स्थानीय तहका युवालाई समावेश गरि शाखा गठन गर्ने छ । गठित सदस्यबाटै राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ मा सञ्चाल हुने राष्ट्रिय युवा सम्मेलन २०२० मा जिल्लाको प्रतिनिधित्व गर्दै पठाईने छ।
१० चैत्र २०७६, सोमबार
प्रतिक्रिया