अन्तर्राष्ट्रिय

कोभिड–१९ : चीनको वुहानमा पाँचौँ दिन पनि नयाँ सङ्क्रमण भेटिएन



बेइजिङ, १० चैत । विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सोमबार लगातार पाँचौँ दिन पनि नयाँ व्यक्तिमा सङ्क्रमण नभेटिएको चिनियाँ स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् ।

विश्वभर प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा फैलिने क्रम रहेपनि शुरूमा सङ्क्रमणबाट निकै प्रभावित बनेको वुहानमा नयाँ सङ्क्रमण नदेखिएसँगै यहाँका उद्योग तथा कलकारखाना काममा फर्किन थालेका छन् ।

   हुबेई प्रान्तको राजधानी सहर वुहानमा लगातार पाँचौँ दिनसम्म कुनै पनि सङ्क्रमित वा सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति नदेखिएका कारण यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फङले बेइजिङमा पत्रकार सम्मेलनमा बताउनुभयो ।

वुहानमा सङ्क्रमण फैलिएको सार्वजनिक सूचनासँगै पूर्णरूपमा बन्द भएको सहरमा दुई महिनापछि विस्तारै चहलपहल बढ्न थालेको र अन्य सहरमा पनि नयाँ बिरामीको सङ्ख्या नियन्त्रणको अवस्थामा पुगेको मीले बताउनुभयो । यद्यपि नयाँ सङ्क्रमित नभेटिए पनि यहाँ पूर्णरूपमा खतरामुक्त भयो भन्नु अहिल्यै हतार हुने भन्दै नागरिकहरूलाई सचेत बनिरहन उहाँले आग्रह गर्नुभयो । अझै पनि सङ्क्रमण फैलिने खतरा रहेको र पुनः महामारी ननिम्तियोस भनेर स्वास्थ्यकर्मी, नागरिक तथा सरकारी अधिकारीले संयमता अपनाइरहेका छन् । उहाँले रोकथाम र नियन्त्रणका अझै धेरै काम बाँकी रहेको पनि बताउनुभयो । (रासस÷सिन्ह्वा) 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६