समाचार

निषेधाज्ञा उलंघन गर्ने ७ जना इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुको नियन्त्रणमा



कृष्णनगर, चैत्र ११ । निषेधाज्ञा उलंघन गर्ने सात जना लाई इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियंत्रणमा लिएको छ । कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्रबाट ७ जनालाई नियंत्रणमा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
नियंत्रणमा लिइएका सातै जनाको अनुसंधान भइरहेको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। नियम उल्लंघन गर्नै ५० बढी मोटरसाइकल समेत प्रहरीले नियन्त्रण्मा लिएको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि कपिलवस्तुमा त्यसको पूर्णरुपमा पालना हुन सकेको छैन ।   मोटरसाइकलमा हिडेर नियमको उल्लंघन भएकाले कडाइ गर्न मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६