समाचार

लुपस रोगबाट ग्रस्त थिए भरतपुर कोरोना अस्पतालमा मृत्यु भएका बिरामी



भरतपुर, ११ चैत । चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस रोगले ग्रस्त रहेको डाक्टरहरुले बताएका छन् ।  चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

        भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए । अस्पतालले उनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६