भरतपुर, ११ चैत । चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी पहिलेदेखि नै लुपस रोगले ग्रस्त रहेको डाक्टरहरुले बताएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका पर्साको वीरगन्ज–३० घर भएका सन्तोष यादवलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि आइतबार राति भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा नै उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
भरतपुर कोरोना विशेष अस्पतालले एक विज्ञप्ती जारी गर्दै लुपस नामक बिरामीका कारण यादवका दुवै मिर्गौला कमजोर भइसकेका थिए । अस्पतालले उनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंका गर्दै स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाएको थियो । तर, उनको रिपोर्ट भने आइसकेको छैन ।
प्रतिक्रिया