अन्तर्राष्ट्रिय

२१ दिनसम्म भारत ‘लकडाउन’



एजेन्सी, १२ चैत । । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण लगातार बढेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ः०० बजेबाट लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न २१ दिनका लागि भारतभर पूर्ण ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । मोदीले राष्ट्रका नाममा मंगलबार भारतीय समय अनुसार राती ८ बजे सम्बोधन गर्दै उक्त घोषणा गर्नुभएको हो । यससँगै सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथैे जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रयासका रुपमा प्रधानमन्त्री मोदीले नयाँ नियन्त्रणका उपाय अघि सार्नु भएको हो ।  

        हिन्दूस्तानलाई बचाउनका लागि मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन भएको छ । यो जनता कफ्र्यूभन्दा निकै कडा हुनेछ,’ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भन्नुभयो, ‘बाहिर निस्कनु के हो यी २१ दिनका लागि भुलिदिनुस् । 

        लकडाउनमा आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अव घरबाहिर निस्किन निषेध गरिएको छ । भारतीय  प्रधानमन्त्री प्रधानमन्त्रीले पनि यो नियम मान्नु पर्ने बताउँदै तीन साताका लागि यो नियम लागू गरिएको बताउनभुयो । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भइसेकेको छ ।  कोरोनाबाट भारतमा करिब ५ सय बढी व्यक्ति संक्रमित छन् । यस अघि नेपाल लगायत अन्य देशहरुले लकडाउनको घोषणा गरीसकेका छन् । 

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६