समाचार

कोरोनाको प्रकोप नसकिदै हन्ता भाइरस, के हो कसरी सर्छ र लक्षणहरु



एजेन्सी , चैत १२ । कोरोना भाइरसको महामारीबाट विश्व जुधिरहेको बखत फेरि चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यु भएको छ । ती व्यक्ति कामको लागि बसबाट ३२ जनासँगै शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता भाइरस पोजिटिभ देखिएको थियो । उनीसँगै सवार सबैको स्वास्थ्य जाँच गरिएको छ । सामाजिक संजालमा व्यापक मात्रामा मानिसहरुले ट्वीट गर्दै हन्ता भाइरस पनि कोरोनाजस्तै प्रकोपको रुपमा अगाडि बढ्न सक्ने गहिरो चिन्ता व्यक्त गरेका छन् । 

        अहिले हन्ता भाइरस ट्वीटरमा ट्रेन्डिङ पहिलो नम्बरमा पुगिसकेको छ । सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, हन्ताभाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले समस्या गराउँछ । यसले हन्ताभाइरस पल्मोनेरी सिन्ड्रोम र हेमोराजिक फिभर गराउँछ । यो रोग हावाको माध्यमले सर्दैन र मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएको खण्डमा  मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ । हन्ताभाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ । यसको मृत्युदर ३८ प्रतिशत रहेको सीडीसीको भनाइ छ । तर हन्ताभाइरस मानिसबाट मानिसमा सर्दैन । हन्ताभाइरसको संक्रमणबाट बच्नका लागि मुसाको जनसंख्यालाई नियन्त्रणमा लिनु प्राथमिक रणनीति हो ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६