ब्रेकिंग न्युज

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौं १२ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, जगातीमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई भक्तपुर कमलविनायक बस्दै आएका २८ वर्षीय उत्तरबहादुर तामाङ छन् ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार घाइते हुनेमा तामाङको डा। ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका अनुसार घाइते सिन्धुपाल्चोक घर भइ कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ भने ११ वर्षीया कोलसङ डोल्मा तामाङ उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।गएराति ९ः१० बजे बस पकेट नजिकै अरनीको राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकल ठोक्किँदा घटना भएको हो ।दुवै सवारी साधन र ट्रक चालक चितवनका २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त, जगातीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६