प्रदेश

कपिलवस्तु सामुदायिक अस्पतालका समस्या समाधानको बाटो खोजिने छः मन्त्री पुन



कपिलवस्तु, १४ वैशाख ।
 लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले  कपिलवस्तु सामुदायिक अस्पतालको विकासमा सहयोग पुर्याउने बताएका छन् । उनले नियम कानुनले दिए सम्म अस्पतालको विकासमा सदैव लाग्ने जनाएका छन् । उनले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसको विकासको लागि कसैले पनि अप्ठ्यारो पार्न नहुने बताए ।

शुक्रबार कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । विगतमा आफू जस्ता कयौँ मन्त्रीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएपनि नियम कानुनकै कारण समस्या पर्ने गरेको उनको भनाई छ। ‘विगतका साथिहरुले गरेका प्रतिवद्धताहरू तपाइले नोट गरेर राख्नुभएको छ । अहिले समस्या सङ्कलन गरेको छु, म नियम कानुन बुझेर मात्र तपाइहरुका गुनासोहरूलाई सम्बोधन गर्ने छु ।’ उनले भने ।

सामुदायिक अस्पतालहरूमा सिधै सरकारी डाक्टरहरू ल्याउन समस्या हुने भएकाले विभिन्न शिविरहरू आयोजना गर्न सकिने बताए । यहाँ आउने बिरामीहरूको सङ्ख्यालाई मध्यनजर गर्दै अस्पतालको सेवा विस्तारको लागि आफूले सहयोग गर्ने बताए । साथै उनले अस्पतालको निरीक्षण समेत गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु बेल्वासेले अस्पतालमा पनि कतै न कतै सेटिङ् हुने गरेको भन्दै स्वास्थ्य सेवा र अस्पतालमा राजनीति गर्न नहुने बताए । कपिलवस्तु सहित छिमेकी जिल्लाका समेत बिरामीहरू आउने भएकाले अस्पतालको विकासमा पहल गर्न मन्त्री पुन समक्ष आग्रह गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै अस्पतालका सल्लाहकार शंकर पाण्डे, नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, सल्लाहकारहरू बालकुमारी पन्त, रवि बहादुर काफ्ले, महिला नेत्री विमला गैरे लगायतले बोल्दै अस्पतालमा विशेषज्ञ डाक्टर, आवश्यक कर्मचारी र उपकरणको व्यवस्था गरिदिन आग्रह गरे।

अस्पतालका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता, उपाध्यक्ष राम पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) ले गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रुद्र बन्जाडे, प्रदेश सचिवालय सदस्य नारायण भुसाल, नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरी, माओवादी नगर अध्यक्ष देवराज अर्याल, नगर सचिव प्रेम विक,  अस्पतालका प्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दल तथा संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६