प्रदेश

रुपन्देहीमा २ सय ७ बोरा अवैध चिनी बरामद



रुपन्देही, १४ वैशाख। सशस्त्र प्रहरीले रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै १ थान बोरा सिलाउने मेसिन पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त चिनीको मूल्य रु ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु १० हजार गरी रु ६ लाख ७६ हजार २ सय ५० भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६