समाचार

प्रदेश ५ सरकार किन यति अनिर्णीत? सांसद पन्थीको प्रश्न, विज्ञ लगाएर संझाउने प्रयासमा मुख्यमन्त्री ,ब्रम्हाण्ड थाम्दै मन्त्री बराल



कपिलवस्तु १३ चैत्र प्रदेश ५को सरकारले कोरोना विरुद्ध १ करोडको कोष स्थापना गरेर सामाजिक विकास मन्त्री सुदर्शन वरालको संयोजकत्वमा पूर्व तयारी र प्रतिकार्य गर्ने एक्सन प्लानमा जुटि रहेका वखत प्रदेश५का सांसद विष्णु पन्थी प्रदेश ५ सरकार अनिर्णीत भएको भन्दै प्रश्न खडा गर्नु भएको छ । सांसद पन्थीले फेसबुक स्टाटस लेख्दै भन्नु भएको छ —“प्रदेश १ले आजदेखि आफ्नै ल्यावमा कोरोनाको परिक्षण गर्दैछ हामी प्रदेश ५ किन यति पनि गर्न सकेनौं ?”

                सरकारले गरेका काम प्रति प्रष्टै बुझिने गरी तर कुटनैतिक भाषामा असन्तुष्टि जनाएर स्टाटस लेखेका पन्थीलाई प्रेसपाटीले तपाईले खास भन्न खोजेको केहो ? भन्ने प्रश्न राख्दा उहाले भन्नु भयो  नेपालगंजको एक अस्पत्तालमा कोरोनाको संभावित संक्रमित विरामीछ, उसको ल्याव परिक्षण गर्न काठमाण्डौ पठाउनु पर्ने हस्पीटलले भन्दैछ प्लेन चलेपछि पठाउछौ । प्लेन नचल्ने निश्चित छ । 

        यस्तो बेलामा प्रदेश सरकारले कोष खडा गरेर के हुन्छ ? त्यो कोषवाट मात्र ७५ लाखमा निर्माण पुरा हुने ल्याव स्थापना प्रदेश भित्र गरेको भए के फरक खान्थ्यो ? यस्तो विषयमा सरकार किन गंभिर बनेन । किन सही समयमा सही निर्णय लिएन । मैले मुख्यमन्त्री शंकर पोख्रेल र सामाजिक विकास मन्त्री सुदर्शन वराललाई ६ दिन पहिले भेटेरै ७५÷७५ लाख खर्च गरेर नेपालगंज र बुटवलमा २ वटा ल्याव राखौ भने तर कुनै सुनुवाई  भएन सांसद पन्थीले भन्नु भयो । दुइवटा भएन होइन एउटै ल्याव पायक पर्ने स्थानमा राख्न सरकारसंग ७५ लाख रकम नभएको हो र ? त्यसो हो भने मलाई जिम्मा दिए चन्दा उठाएर बनाइदिन्थे उहाले भन्नु भयो । 

        यसरी सांसद पन्थीले स्टाटस मार्फत सरकार अनिर्णीत भयो भनेर लेखेको केहि समयभित्रै मुख्यमन्त्री शंकर पोख्रेलले फेसबुक स्टाटस मार्फत भन्नु भएको छ —“एसियामा कोरोना भाइरस संक्रमण र निदानको अवस्था भयभित हुने खालको छैन विज्ञहरुले यस सम्वन्धमा उत्पन्न भय हटाउन पहल गर्नु परयो ।” मुख्यमन्त्री पोख्रेलले लेखेको यो स्टाटसले  मुख्यमन्त्री नआत्तिएको प्रष्ट हुन्छ । सायद  उहाले संघिय सरकारवाटै ल्याव स्थापनाको वाटो खुलोस भन्ने पक्षमा हुनुहुन्छहोला 

        यता मन्त्री सुदर्शन वरालले फेसबुकमा लख्नु भएको छ “धन्य छ  नेपाल जसका कैयौ सन्तान यस्ताछन् कि नेपाल त के ब्रम्हाण्ड नै थाम्न सक्छन् परिआयो भने ।” मन्त्री बरालले आफूले पाएको जिम्मालाई ब्रम्हाण्ड थामेको भन्न खोज्नु भएको हो की के हो ? प्रष्ट छैन तर कत्तिको थाम्न सक्नु हुने हो त्यो भविश्यले नै देखाउला ।  मुख्यमन्त्री पोख्रेलले भने जस्तै भयभित हुने स्थिती नआओस सबै भन्दा राम्रो ।

        मन्त्री सुदर्शन वरालले भने जस्तै नेपालीले नेपाल त के ब्रम्हाण्ड थाम्न सकुन झनै राम्रो तर सांसद पन्थीले भने जस्तै ७५ लाख खर्च गर्ने निर्णय गर्न नसकेर कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या बढ्यो भने यसको मुल्य महंगो पर्न सक्छ । अझैपनि धेरै विग्री सकेको छैन  सरकारले  फाष्ट ट्रयाकवाट ल्याव स्थापना गर्न सकेमा यो युगान्तकारी कदम इतिहासमा सहि नै ठहर्ने छ ।  

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६