कपिलवस्तु १३ चैत्र । कपिलवस्तुको वुद्धभुमी नगरपालिकाले नगरपालिकामा भएका अति गरीव परिवारलाई खाद्यान्न वाढ्ने योजना वनाएको छ । नगरपालिकामा रहेका मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिक, अति गरीव परिवारलाई खाद्यान्न , दाल, तेल लगायतका अति आवश्यक सामाग्री वितरण गर्ने योजना वनाएको नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रेसपाटीलाई वताउनु भयो । पहिला डाटा लिन्छौ यही परिस्थिती लम्वियो भने प्याकेजमा राहत दिन्छौ । लकडाउनका कारण अती गरीव वर्गले छाक टार्न गारो पर्ने भएकोले यो योजना वनाईएको हो । सबै वडामा अति गरीवको डाटा तत्काल पहिचान गर्ने छौ । कोरोनाको कारण लकडाउनमा परेर जिविको पार्जन गर्ने हैसियत नभएका सवै परिवारलाई नगरपालिकाले पाल्ने श्रेष्ठले वताउनु भयो । नगरको योजना अनुसार आफुहरुले तथ्याकं लिन सुरु गरेको वडा नं ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले वताउनु भयो ।
१३ चैत्र २०७६, बिहिबार
प्रतिक्रिया