सूचना र प्रविधि

भारतवाट आएका १६ जनालाई के गरे कुश्माका युवाले ?



कपिलवस्तु १३ चैत्र ।कपिलवस्तुको कुश्मामा भारतको विभिन्न स्थानबाट आएका १६ जनालाई स्थानियले अग्रसरता लिई होम क्वारेन्टाइनमा राखेको समाचार प्राप्त भएको छ । विदेशबाट आउने नागरिकहरुका कारण वडावासीनै त्रसित हुने स्थिती आएपछि स्थानीय नारायण पौडेलको संयोजकत्वमा कोरोना विरुद्धको समन्वय समिति गठन गरि १६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । परिक्षणमा कसैलाई पनि ज्वरो नआएको र रुघाखोकी समेत नलागेको पाइएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको वडा सदस्सीय खगेश्वर पौडेलले बताउनु भयो ।

        कपिलवस्तु नगरपालिका वडानं ९ मा पर्ने उक्त स्थानका बासीन्दा रोजगारीका क्रममा भारतमा गएका थिए ।  उनीहरुलाई सुरक्षित रहन र गाउँसमाजलाई सुरक्षित राख्न स्थानीय युवाले यस्तो कदम चालेका हुन ।  क्वारेन्टाइनमा राख्नु पुर्व निग्लिहवा स्वास्थ्य चौकी जगदिशपुरका प्रमुख हरिराम चौधरीले सबैको स्वास्थ्य अवस्था परिक्षण गर्नु भएको थियो ।  

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६