समाचार

कपिलवस्तु अहिले सम्म सुरक्षित छ, आत्तिनु पर्दैन तर सजग बनौं प्र.जि.अ. : पौडेल



कपिलवस्तु १४ चैत । कपिलवस्तु जिल्लामा कोरोना संक्रमणको ग्रिन जोनमा रहेको वताईएको छ । हाम्रो प्रदेशमा अहिले सम्म कुनै संक्रमण फेला परेको छैन खुला सिमा भएपनी अहिले सम्म संक्रमणको शंकास्पद ब्याक्ती फेला नपरेको वताईएको छ । सिमा क्षेत्रमा कडाई गर्दा स्थानिय सरकारको सकृयताका कारण सुरक्षित भएको वताईएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले सम्म कुनै पनी शंकास्पद ब्याक्ती फेला.परेका छैनन । कसैलाई पनी लक्षण देखा परेको छैन । कोरोनाको जोखिम क्षेत्रबाट आएकालाई क्वारेन्टाईनमा राखीएको छ । 

        वजारमा कतै कतै गलत हल्ला चले पनी विश्वास नर्गन अनुरोध गर्नु भएको छ । जिल्ला भरी ४५ जना क्वारेन्टाईनमा राखिएको छ । क्वारेनटाईनमा रहेका जिल्ला वाहिरका व्याक्तीहरुलाई आज घर पठाईने तयारी समेत भएको छ । अहिले सम्म आईसोलेसनमा राख्नु परेको पनी छैन । शंकास्पद व्याक्ती नहुदा कोरोना टेष्ट गर्नु पर्ने अवस्था समेत आएको छैन ।

अहिले भारतमा रोजगारीका गएका मानिसहरु घरमा फर्किएको सुचना प्राप्त भएको छ । उनीहरुको तथ्यांक लिने काम भई रहेको छ । नगरपालिकाले ति व्याक्तीको तथ्यांक लिने काम गरेको छ । धेरै ठाउमा समुदायले पनी त्यस्ता मानिसको निगरानी गरेको पाईएको छ । होम क्वारेन्टाईनमा वस्न अटेर गर्नेलाई प्रहरीले सम्झाई वुझाई घरमै वस्ने वातावरण समेत मिलाएको छ ।

        जिल्लामा प्रशासन कार्यालय, नेपाल प्रहरी, ससस्त्र प्रहरी, सवै स्थानिय निकाय स्थास्थय संस्थाले चासो र निगरानीका साथ काम गरेको छ । सजगता अपनाईएको छ । त्यसैले शंका नगर्न जनतालाई अनुरोध गरीएको छ । तपाईको टोलमा केही जानकारी भए वडा कार्यालय, नगरपालिका वा नजिकको प्रहरीलाई सुचना चासो दिएको पौडेलले प्रेस पाटीलाई वताउनु भयो ।  

        नेपाल प्रहरीले सवै काम स्थानिय सरकार संग मिलेर गरेको छ । वडा कार्यलय संग सहकार्य गरी सचेतना जगाउने काम समेत गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शमशेर जवराले वताउनु भयो । यसै गरी ससस्त्र प्रहरीले सिमा क्षेत्रका ६ स्थानमा हेल्प डेस्क स्थापना गरी चेक जाच गर्दै आएको छ । क्वारेन्टाईनमा पुराउने सुरक्षा गर्ने कार्य गरेको शसस्त्र प्रहरी वला नं. २८ गणका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले वताउनु भयो । नेपाल प्रहरी र शसस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अवैघ घुसपैठ नियन्त्रणको टोली खटाई नियमित निगरानी समेत गरेको छ ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६