कपिलवस्तु १४ चैत । कपिलवस्तु जिल्लामा कोरोना संक्रमणको ग्रिन जोनमा रहेको वताईएको छ । हाम्रो प्रदेशमा अहिले सम्म कुनै संक्रमण फेला परेको छैन खुला सिमा भएपनी अहिले सम्म संक्रमणको शंकास्पद ब्याक्ती फेला नपरेको वताईएको छ । सिमा क्षेत्रमा कडाई गर्दा स्थानिय सरकारको सकृयताका कारण सुरक्षित भएको वताईएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिले सम्म कुनै पनी शंकास्पद ब्याक्ती फेला.परेका छैनन । कसैलाई पनी लक्षण देखा परेको छैन । कोरोनाको जोखिम क्षेत्रबाट आएकालाई क्वारेन्टाईनमा राखीएको छ ।
वजारमा कतै कतै गलत हल्ला चले पनी विश्वास नर्गन अनुरोध गर्नु भएको छ । जिल्ला भरी ४५ जना क्वारेन्टाईनमा राखिएको छ । क्वारेनटाईनमा रहेका जिल्ला वाहिरका व्याक्तीहरुलाई आज घर पठाईने तयारी समेत भएको छ । अहिले सम्म आईसोलेसनमा राख्नु परेको पनी छैन । शंकास्पद व्याक्ती नहुदा कोरोना टेष्ट गर्नु पर्ने अवस्था समेत आएको छैन ।
अहिले भारतमा रोजगारीका गएका मानिसहरु घरमा फर्किएको सुचना प्राप्त भएको छ । उनीहरुको तथ्यांक लिने काम भई रहेको छ । नगरपालिकाले ति व्याक्तीको तथ्यांक लिने काम गरेको छ । धेरै ठाउमा समुदायले पनी त्यस्ता मानिसको निगरानी गरेको पाईएको छ । होम क्वारेन्टाईनमा वस्न अटेर गर्नेलाई प्रहरीले सम्झाई वुझाई घरमै वस्ने वातावरण समेत मिलाएको छ ।
जिल्लामा प्रशासन कार्यालय, नेपाल प्रहरी, ससस्त्र प्रहरी, सवै स्थानिय निकाय स्थास्थय संस्थाले चासो र निगरानीका साथ काम गरेको छ । सजगता अपनाईएको छ । त्यसैले शंका नगर्न जनतालाई अनुरोध गरीएको छ । तपाईको टोलमा केही जानकारी भए वडा कार्यालय, नगरपालिका वा नजिकको प्रहरीलाई सुचना चासो दिएको पौडेलले प्रेस पाटीलाई वताउनु भयो ।
नेपाल प्रहरीले सवै काम स्थानिय सरकार संग मिलेर गरेको छ । वडा कार्यलय संग सहकार्य गरी सचेतना जगाउने काम समेत गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शमशेर जवराले वताउनु भयो । यसै गरी ससस्त्र प्रहरीले सिमा क्षेत्रका ६ स्थानमा हेल्प डेस्क स्थापना गरी चेक जाच गर्दै आएको छ । क्वारेन्टाईनमा पुराउने सुरक्षा गर्ने कार्य गरेको शसस्त्र प्रहरी वला नं. २८ गणका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले वताउनु भयो । नेपाल प्रहरी र शसस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अवैघ घुसपैठ नियन्त्रणको टोली खटाई नियमित निगरानी समेत गरेको छ ।
प्रतिक्रिया