अन्तर्राष्ट्रिय

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित बुलेट ट्रेनको भन्दा बढी गतिमा संक्रमण फैलिदै, छैन पूर्ण लकडाउन



काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरस व्यापक रुपमा अमेरिकामा फैलिदै गएको छ । यससँगै विश्वकै सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । साढे ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।

        अहिलेसम्म ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बीबीसीले जनाएको छ ।कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।

    बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही समयमा नै अमेरिकामा नियमित काम सुरु हुनसक्ने दाबी गरेका थिए । तर त्यसको केही समयमा नै अमेरिका भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको हो । बिहीबार यो तथ्यांकबारे बोल्दै ट्रम्पले मुलुकमा उल्लेख्य मात्रामा भइरहेको कोरोना भाइरस परीक्षणको कारण धेरै संक्रमित फेला परेको बताए ।

    अमेरिकाक ५० ओटै राज्यमा भाइरसको संक्रमण उच्च दरमा बुलेट ट्रेनको गतिमा फैलिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अहिलेसम्म ५ लाख ५२ हजार मानिसमा भाइरस संक्रमण भए नभएको परीक्षण गरिएको छ । राष्ट्रपति ट्रम्पले चीनले सार्वजनिक गरेको तथ्यांकमा पनि आशंका व्यक्त गरेका छन् । ट्रप्पले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईंहरुलाई चीनमा कति बिरामी छन् भन्ने थाहा छैन ।’ ट्रम्पले भाइरस रोक्न थप कडाइका कदम चाल्ने कुरालाई भने अस्वीकार गरेका छन् । 

        विश्वका अन्य देशका तुलनमा तीव्र गतिमा कोरोना संक्रमण अमेरिकामा फैलिए पनि अमेरिका पूर्ण रुपमा लकडाउन भएको छैन । अमेरिकालाई पूर्ण लकडाउन गर्नका लागि ट्रप्पले आनकानी गरिरहेका छन् । अमेरिकमा बेरोजगार दर व्यापक बढेको र ३० लाख बढीले वेरोजगार भत्ता माग्दै आवेदन दिएका छन् ।

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६