प्रदेश

टोल टोलमा विषादी छर्दै कपिलवस्तु वडा नं १



 कपिलबस्तु  १४ चैत्र । देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको अवस्थामा भाईरस र व्याकटेरियाको संक्रमणबाट हुने रोगबाट बच्नका लागि कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले विषादी छर्ने कार्य शुरु गरेको छ । कपिलवस्तु नगरपािलकाका वडा नं. १ का वडाअध्यक्ष सुदीप पौडेलले आफ्नो नगरलाई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमाविषादीछर्ने कार्य शुरु गरेका हुन् ।  

  मौसम परिवर्तन सँगै  विभिन्न रोग महामारी तथा रोकथाम र उपचारका लागि वडा नं. १ नगरक्षेत्र भित्र सचेचना अभियान संचालन गरि टोल बस्ती, शहरमा अभियान चलाईएको छ । ‘ सचेतना अभियान र नगर भित्र व्यकटेरिया बाट हुने विभिन्न रोगको विषादी छर्ने काम समेत सुरु गरिएको वडाअध्यक्ष पौडेलले बताएका छन् । 

  उता मुलुकभ कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा कपिलवस्तु नगरपािलकाका वडा नं. १ ले सर्वप्रथम व्यकटेरिया बाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु रुघा खोकी लाग्नु जस्ता रोगलाई  नियन्त्रण गर्नका लागि वडामा बिषादी छर्ने कार्य सुरु गरेको वडाअध्यक्ष पौडेलले बताए । साथै वडाअध्यक्ष पौडेलले कपिलबस्तु नगरपालिका का सम्पूर्ण नगर क्षेत्रमा यस सम्बन्धी सचेतना फैलाउने र रोग नियन्त्रणका लागि संचार माध्यमबाट संदेशमुलक सचेतना फैलाउने गरी कार्यक्रम अघि बढाईनु पर्नेमा जोड दिनु भएको छ ।

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६