खोज–अनुसन्धान

आर्थिक पारदर्शिता, विपन्न उपभोक्ताको हित सभाको निष्कर्ष समृद्धिका निम्ति वनसंगको सहकार्य नगर प्रमुख अर्याल



कपिलवस्तु २९ असोज

मनकामना सामुदायिक बन उपभोक्ता समूहले आर्थिक पारदर्शिता, वन संवद्धन, विपन्न उपभोक्ताको हितलई वनले प्रमुख प्राथमिकतामा राखिएको प्रतिवेदनको निश्कर्ष रहेको छ ।
सामुदायिक वनको सफलता वन पैदावारबाट प्राप्त आम्दानी, वन संरक्षण, वातावरणीय सन्तुलन र उपभोक्ताको जीवनस्तरमा आउने सकारात्मक परिवर्तनमा पनि मापन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समूहले वनबाट प्राप्त आर्थिक स्रोतलाई संरक्षण, संवद्र्धन र समुदायको सामाजिक विकाससँग जोड्ने नीतिमा जोड दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


सभामा प्रस्तुत समूहको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनले वन पैदावारबाट प्राप्त आम्दानीको पारदर्शी परिचालन, अनावश्यक प्रशासनिक खर्च नियन्त्रण, विपन्न तथा लक्षित उपभोक्ताको हित संरक्षण र दीर्घकालीन कोष निर्माणलाई महत्त्वपूर्ण विषयका रूपमा अघि सारेको छ। समूहको १९औँ वार्षिक साधारणसभा–२०८३ का लागि कोषाध्यक्ष लक्ष्मी थारूद्वारा प्रस्तुत प्रतिवेदनले सामुदायिक वनको आर्थिक व्यवस्थापनलाई वन संरक्षण र सामुदायिक हितसँग जोड्नुपर्ने सन्देश दिएको छ । अध्यक्ष काकीैद्धारा प्रस्तुत प्रतिवेदनमा विशेष गरी वनको आम्दानीसँगै संरक्षणको जिम्मेवारी, आर्थिक पारदर्शिता र जवाफदेहिता, वनको लाभ विपन्न उपभोक्ता सम्म, खर्चको परिमाण भन्दा उपलब्धिको मूल्याङ्कन, दीर्घकालीन कोष र वातावरणमैत्री विकासको बाटो लगायतका विषयवस्तुलाई प्रतिवेदनमा जोड दिएको छ ।


खर्चको परिमाण भन्दा उपलब्धिको मूल्याङ्कन आवश्यक
प्रतिवेदनमा सामाजिक विकासतर्फ ५७ लाख ५७ हजार ५३९ रुपैयाँ, पर्यापर्यटनतर्फ २८ हजार ९२५ रुपैयाँ, प्रशासनिक खर्चतर्फ २५ लाख ८७ हजार ४६२ रुपैयाँ र राजस्व शीर्षकमा ७५ लाख ५७ हजार ८१ रुपैयाँ उल्लेख छ। प्रतिवेदनमा कुल आम्दानी ३ करोड ३६ लाख ४९ हजार २ सय ९९ रुपैया र कूल खर्च ३ करोड ३३ लाख ६० हजार १५३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।


यी विवरणले समूहको आर्थिक गतिविधिमा विभिन्न शीर्षक समावेश रहेको देखाए पनि कुन शीर्षकमा कति बजेट विनियोजन भयो र त्यसबाट के उपलब्धि हासिल भयो भन्ने मूल्याङ्कनका लागि विस्तृत खर्च विवरण आवश्यक हुन्छ। विशेषगरी सामाजिक विकासमा भएको खर्चले कति परिवारलाई लाभ पु¥यायो, वन संरक्षणमा कति लगानी भयो, डढेलो नियन्त्रण तथा वृक्षरोपणका कार्यक्रमबाट कस्तो परिणाम आयो र पर्यापर्यटनबाट समुदायले कस्तो लाभ प्राप्त ग¥यो भन्ने पक्ष स्पष्ट हुनुपर्छ।
सामुदायिक वनको आर्थिक सफलता रकम खर्च भएको आधारमा मात्र मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। खर्चको प्रभाव, वनको अवस्था, उपभोक्ताको लाभ र वातावरणीय उपलब्धिलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्छ। यसका लागि वार्षिक योजना, लक्ष्य, बजेट, कार्यान्वयन र उपलब्धिबीचको सम्बन्ध स्पष्ट पार्ने अभ्यास उपयोगी हुन्छ।
प्रतिवेदनमा उल्लेखित कुल खर्च र विभिन्न शीर्षकका रकमको प्रकृति तथा लेखा वर्गीकरण पनि स्पष्ट हुन आवश्यक छ। विशेषगरी राजस्व शीर्षकमा उल्लेख भएको रकम आम्दानी, भुक्तानी वा खर्चमध्ये कुन प्रकृतिको हो भन्ने कुरा पूर्ण आर्थिक विवरणबाट पुष्टि हुनुपर्छ। यस्तो स्पष्टताले आर्थिक प्रतिवेदनलाई अझ विश्वसनीय र विश्लेषणयोग्य बनाउँछ।
दीर्घकालीन कोष र वातावरणमैत्री विकासको बाटोमा बन
समूहले अनावश्यक प्रशासनिक खर्च नियन्त्रण गर्ने, वन संरक्षण तथा संवद्र्धनमा बजेटको उचित हिस्सा विनियोजन गर्ने, दीर्घकालीन कोष निर्माण तथा सुदृढीकरण गर्ने र नियमित आन्तरिक अनुगमन तथा लेखापरीक्षणलाई प्रभावकारी बनाउने नीति अघि सारेको छ।


दीर्घकालीन कोषले वनमा डढेलो, प्राकृतिक विपद्, रोग तथा कीराको प्रकोप वा अन्य आकस्मिक समस्या देखिँदा आवश्यक स्रोत जुटाउन सहयोग गर्न सक्छ। तर यस्तो कोष निर्माण गर्दा त्यसको उद्देश्य, रकम परिचालनको मापदण्ड, निर्णय प्रक्रिया र नियमित लेखापरीक्षण स्पष्ट हुनुपर्छ।
साथै, वन संरक्षणलाई काठ तथा दाउराको उत्पादनसँग जोडेर हेर्नुभन्दा पानीका स्रोतको संरक्षण, माटो कटान नियन्त्रण, जैविक विविधताको सुरक्षा र जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणसँग जोड्न आवश्यक छ। स्थानीय समुदायको सहभागितामा वातावरणमैत्री पर्यापर्यटन, वनमा आधारित सीप तथा आयआर्जनका कार्यक्रम विकास गर्न सके संरक्षणलाई जीविकोपार्जनसँग जोड्न सकिन्छ।
समग्रमा, मनकामना सामुदायिक वन उपभोक्ता समूहको वार्षिक प्रतिवेदनले वनको आर्थिक स्रोतलाई संरक्षण, पारदर्शिता र सामाजिक हितमा परिचालन गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ। आगामी दिनमा प्रतिवेदनका नीतिगत प्रतिबद्धतालाई मापनयोग्य कार्यक्रम, स्पष्ट बजेट र परिणाममुखी कार्यान्वयनमा रूपान्तरण गर्नु महत्त्वपूर्ण हुनेछ।
सामुदायिक वनको वास्तविक समृद्धि वनबाट कति आम्दानी भयो भन्नेमा मात्र होइन, वन कति सुरक्षित रह्यो, वातावरण कति स्वस्थ बन्यो र त्यसबाट उपभोक्ताको जीवनमा कति सकारात्मक परिवर्तन आयो भन्नेमा निर्भर हुन्छ। वन संरक्षण र समुदायको समृद्धिलाई एउटै यात्रामा जोड्न सके सामुदायिक वन भावी पुस्ताका लागि पनि साझा सम्पत्ति र दिगो विकासको आधार बन्न सक्छ ।
साधारण सभामा नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक बनसंगको सहकार्य मार्फत स्थानिय विकास, उत्पादन र रोजगारी श्रृजना मार्फत नगरको समग्र समृद्धिका निम्ति बनसंगको सहकार्यमा जोड दिनु भयो ।

प्रमुख अतिथी अर्यालले बाणगंगा नगरपालिकामा बनबाट थुप्रै समुदायिक विकासका कामहरु भएको चर्चा गर्दै बनबाट नगरबासीको आय आर्जन वृद्धिगर्नेमा जोड दिनु भयो । अर्यालले बनलाई आय आर्जनसंग जोडेर कार्ययोजना निर्माण गर्नुपर्नेमा सुझाद दिनु भयो ।
साधारण सभामा प्रस्तुत अध्यक्ष मुक्त बहादुर कार्कीको वार्षिक नीति, कार्यक्रम, सचिव गंगा कुमारी भट्टराईका वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी थारुको आर्थिक प्रतिवेदन सभाले पारित गरेको उपाध्यक्ष पुष्कर घिमिरेले बताउनु भयो ।

प्रकाशित : २९ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६