समाचार

कपिलवस्तुमा १३ बर्षिया बालिका बलात्कृत



कपिलवस्तु 

सुरक्षा निकाय कोरोना नियन्त्रणमा सक्रिय भइरहेकै बेला कपिलवस्तुमा अपराधको श्रङ्खला बढिरहेको छ । गयराती मात्रै एक बालिका बलात्कारको शिकार भएकी छिन् । मायादेवी गाउँपालिका ४ गौराकी एक १३ बर्षिया बालिका छिमेकी युवा बाटै बलात्कृत भएकी हुन् । 

राती १० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ बर्षिया युवा एजाज मुसलमानले बालिकालाई मुख थुनेर पीडितकै घर पछाडी लगेर बलात्कार गरेको स्थानीयबासीले बताएका छन् । स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ । पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जर्बजस्ती गाउलेबाट खोसेर भगाएको यादवले बताउनुभयो । पीडित बालिकाले आफुलाई मुखमा कपडा कोचेर जर्बजस्ती गरेको बयान दिएकी छिन् । पीडित बालिकाको घरमा आमा मात्र रहेको बाबु रोजगारीको क्रममा भारतमा छन् । 

गाउलेहरु पीडित बालिका सहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । इलाका प्रहरी कार्यालय पकडीले घटना बारे चासो नदेखाएको आरोप लगाउदै उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । बलात्कृत बालिकाको घाउँजाँच तथा उपचार भइरहेको छ । त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताउनुभयो । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६