समाचार

कपिलवस्तुका मुस्लिम समुदायले घरमै पढे बिशेष नवाज



कपिलवस्तु १४ चैत ।कोरोना भाईरसको त्रास बढे पछि सरकाले लक डाउन गरेको बेला मुस्लिम समुदायको दोश्रो बढी बसोबार रहेको कपिलवस्तुका मुस्लिम समुदायले शुक्रवार जुमाको दिन मस्जिदमा नपढी घरमै नमाज अदा गरको छन । भीडभाडमा कोरोना फैलन सक्ने जोखिम रहेको र सरकारले समेत लक डाउन गरेकोले घरमै बसेर जमुको बिशेष नवाज पढेका हुन । तौलिहवाका मुस्लिम अगुवा रउफ अहमद खाले जुमाका दिन मुस्लिम समुदायले अनिवार्य रुपमा मस्जिदमा गएर नवाज पढनु पर्ने भए पनि वर्तमान परिस्थितले गर्दा घरमै नवाज पढने  निर्णय गरेको वताउनु भयो । यस बिषयमा आफुहरुले मुस्लिम धर्म गुरु मौलानाहरुसंग समेत छलफल गरेको उहाँको भनाई छ । शुक्रवार मस्जिदमा नवाज पढने हाम्रो धर्म हो तर अहिले बिश्व नै कोरानोका त्रासमा छ मानवता नै धर्म हो त्यसैले घर मै नवाज पढेको उहाँको भनाई छ । उता कृष्णनगरका मुस्लि अगुवा महसुद नेपालीले अहिलेको परिस्थिति र सरकारले गरको निर्णयको कार्यान्वयन गर्दै मस्जिदमा सामुहिक पाठ नगरिएको वताउनु भयो । कपिलवस्तुमा २ सय बढी मस्जिद छन । हरेक  मस्जिदमा ५ सय देखि  ३ हजार सम्म शक्रुवारको दिन नवाज पढने गरिन्छ । यसै बिषयमा बिहीवार कृष्णनगर चन्द्र्रौटाका मुस्लिम अगुवाहरुले बिज्ञप्ती निकाल्दै बढी भिडभाड नगर्ने र शुक्रवारको नमाज आ–आफ्नो घरमा पढन मुस्लिम समुदायमा आग्रह गरका थिए । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६