एजेन्सी, १५ चैत । कोरोना संक्रमण (कोभिड–१९) बाट इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ । कोरोना भाइरसडट जेएचयूडटइडियूका अनुसार शनिबार बिहान साढे ६ बजेसम्म इटालीमा कुल ८६ हजार ४ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् ।
त्यस्तै विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९८ पुगेको छ। त्यस्तै, १ लाख ३० हजार ९ सय १५ उपचारपछि ठीक भएका छन् ।
प्रतिक्रिया