प्रदेश

मधेस लकडाउनमा :सांसद गुप्ता संचार सचेतना



कपिलवस्तु १५ चैत्र कपिलवस्तुमा  ५ दिनदेखि लक डाउन जारीछ । लक डाउन के हो र कस्तो हुन्छ नेपालीको बुझाई एकरुप हुन भने अझैपनि सकेको छैन । अझ खासगरी कपिलवस्तुको दक्षिणी भेगमा लक डाउनका विषयमा केहि अन्लोलता समेत देखिएका छन् । कपिलवस्तु क्षेत्र नं २ का सांसद बृजेश कुमार गुप्ताले मधेसमा जनताले कोरोनाको त्रासलाई सही ढंगले बुझेपनि लक डाउनको समयमा गर्ने ब्यवहारमा समस्या पैदा भएको वताउनु भएको छ । उहाले लक डाउनका बेला तरकारी तथा फलफूल पसल खाद्यान्न पसल ग्यास लगतायतका इनधनका पसल र मेडिकल पसल २४ घण्टा खुला हुन्छन् र नागरिकले कनै भीडभाड नहुनेगरी गएर अर्काे ब्यक्तिसंग  निश्चित दुरीमा रहेर किनमेल गर्न पाइन्छ भन्ने नबुझ्दा समस्या भएको वताउनु भएको छ ।

        स्थानीय प्रशासनले अत्याबश्यक खरिदका लागि एक्लै पसलमा जाँदा लक डाउन उलंघन गरेको जस्तो ब्यवहार नगर्न र नागरिकहरु एकैपटक साझको समयमा लकडाउन खुले जस्तो गरि हुलका हुल समुहमा पसलमा नजान उहाले सबैमा आग्रह गर्नु भएको छ । स्थानीय प्रशासनले मधेसका जनतालाई सही ढंगले बुझाउन पहल गर्नु पर्ने वताउनु भएको छ । सरकारले अत्याबश्यक बस्तुको अभाव हुन नदिने प्रतिवद्धता जनाएको र भारत र चिन तर्फ मानविय आवागमन रोकिएपनि माल वहाक साधनको आवागमन सूचारु भएकाले लकडाउनमा नआत्तिन कपिलवस्तु वासीलाई अपिल गर्नु भएको छ ।उहाले स्थानीय संचार माध्यममा आफैले फोन गरेर यस्ता सन्देशहरु म्धेसका जनताले बुझ्ने गरी प्रकासित / प्रशारीत गरिदिनुस भनेको वताउनु भयो । उहा स्वमय यतिबेला संचार माध्यमवाट सचेतना फैलाउन आफैपनि सक्रिय हुनु भएको छ । 

प्रकाशित : १५ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६