समाचार

कोरोना भाइरस को जोखिम प्रति उच्च सतर्कता अपनाउँद साबुन र मास्क वितरण


१५ चैत्र २०७६, शनिबार


कपिलवस्तु १५ चैत्र ।  कोरोना भाइरस अर्थात कोभिड १९ को जोखिम प्रति उच्च सतर्कता अपनाउँदै शुद्धोधन गाउपालिका वडा नं ३ ले साबुन र मास्क बितरण गरेको छ । विश्व भरि महामारीको रूपलिएको कोरोना भाइरसको संक्रमण बाट  कतिपय देशमा ज्यान समेत गुमाई सकेका छन भने लाखौं व्यक्ति उपचार का लागी क्वारेनटाइनमा बसीरहेको अवस्थामा कोरोना भाइरसका संक्रमण  फैलिन नदिन वडाध्यक्ष महिबुद्दीन मुसलमानको नेतृत्वमा  साबुन र मास्क बितरण गरिएको हो । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्नका लागि  वडा नं ३ को कार्यालयले महामारी सम्बन्धी जनचेतना समेत सम्पन्न गरेको छ ।  कोरोना भाईरस सर्ने तथा बच्ने उपायका बारेमा जानकारी गराउदै वडाध्यक्ष  मुसलमानले  भने सोही स्थानियहरुलाई साबुन पानिले कति समय र कसरी हात सफा गर्नै भन्ने बारेमा जानकारी गराएका थिए ।  सोही कार्यक्रममा वडाकै तर्फबाट वडावासी सबैलाई मास्क समेत बितरण गरेका गरिएको थियो ।  कोरोनाको संक्रमण हाम्रो स्वास नलिमा नपुगेसम्म शरिरमा कुनै पनि हानी नगर्ने बताउदै वडाध्यक्षले त्यसको लागी समय समयमा साबुन पानीले हात धुनुपर्ने बताएका थिए ।

प्रकाशित : १५ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे