कपिलवस्तु १५ चैत्र । कोरोना भाइरस अर्थात कोभिड १९ को जोखिम प्रति उच्च सतर्कता अपनाउँदै शुद्धोधन गाउपालिका वडा नं ३ ले साबुन र मास्क बितरण गरेको छ । विश्व भरि महामारीको रूपलिएको कोरोना भाइरसको संक्रमण बाट कतिपय देशमा ज्यान समेत गुमाई सकेका छन भने लाखौं व्यक्ति उपचार का लागी क्वारेनटाइनमा बसीरहेको अवस्थामा कोरोना भाइरसका संक्रमण फैलिन नदिन वडाध्यक्ष महिबुद्दीन मुसलमानको नेतृत्वमा साबुन र मास्क बितरण गरिएको हो । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्नका लागि वडा नं ३ को कार्यालयले महामारी सम्बन्धी जनचेतना समेत सम्पन्न गरेको छ । कोरोना भाईरस सर्ने तथा बच्ने उपायका बारेमा जानकारी गराउदै वडाध्यक्ष मुसलमानले भने सोही स्थानियहरुलाई साबुन पानिले कति समय र कसरी हात सफा गर्नै भन्ने बारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा वडाकै तर्फबाट वडावासी सबैलाई मास्क समेत बितरण गरेका गरिएको थियो । कोरोनाको संक्रमण हाम्रो स्वास नलिमा नपुगेसम्म शरिरमा कुनै पनि हानी नगर्ने बताउदै वडाध्यक्षले त्यसको लागी समय समयमा साबुन पानीले हात धुनुपर्ने बताएका थिए ।
१५ चैत्र २०७६, शनिबार
प्रतिक्रिया