सूचना र प्रविधि

मुख्यमन्त्री पोखरेलद्वारा काउण्ट डाउन शुरु, उपमहानगर हुँदै पालिकाहरुमा पुग्ने



बुटवल १७चैत  कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा प्रदेशका सबै पालिका प्रमुखसंग प्रत्यक्ष संवाद गर्नेगरी मुख्यमन्त्री शंकर पोख्रेलले चार उपमहानर पालिकावाट काउण्ट डाउन संवाद शुरु गर्नु भएको छ । उहाले कोरोका रोकथाममा भइरहेका प्रयासका बारे जानकारी लिन सोमबार  भिडियो संवाद गर्नुभएको हो । मुख्यमन्त्रीले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमसेर राणासंग एकीकृत भिडियो संवाद गर्नुभएको हो । 

मुख्यमन्त्री र उपमहानगर प्रमुखबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जानकारी दिनुभयो । 

        त्यस अवसरमा उपमहानगरपालिका प्रमुखहरुले अहिलेसम्म गरेका कामबारे जानकारी दिदै प्रदेश र संघीय सरकारबाट गरेको अपेक्षा बारे बताउनुभएको थियो ।मुख्यमन्त्रीले महामारी रोकथामका लागि उपमहानगरपालिकाहरुको सक्रियता प्रशंसनीय रहेको बताउँदै भारतसहित अन्य मुलुकबाट आएकाहरुको तथ्याङ्क संकलन गरी क्वारेन्टाइनमा राख्न, दैनिक ज्यालादारी गर्ने नागरिकको खानपानको व्यवस्थापनमा ध्यान दिन र स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गर्नुभएको थियो 

        त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेको, अब केही दिनमै प्रयोगशाला परीक्षणको लागि काठामाडौं जानुपर्ने बाध्यता हट्ने र प्रयोगशाला रिपोर्ट आउन छिटोछरितो हुने बताउनुभयो ।तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाट सबैलाई एकताबद्ध गरी महामारीलाई परास्त गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उहाँले बताउनु भएको सल्लाहकार केसीले जानकारी दिनुभयो ।

प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६