अन्तर्राष्ट्रिय

कोरोना कहरः मृतकको संख्या ३७ हजार नाघ्यो, सन्चो हुने १ लाख ६५ हजार



एजेन्सी, १८ चैत ।  कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्भर गरी ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांङ्कमा मंगलबार बिहान ७ बजेसम्म विश्वभर ३७ हजार ६ सय ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको उल्लेख छ । कोरोना भाइरसको कारणले इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । इटालीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसेका छन्।  इटालीमा एकै दिनमा ८ सय १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा संक्रमितको संख्या एक लाख १ हजार ७ सय ३९ पुगेको छ। स्पेनमा ७ हजार ७ सय १६  जनाको मुत्यु भएको छ।  

        चीनमा ३ हजार ३ सय ५ जना, फ्रान्समा  ३ हजार २४ जना,  इरानमा २ हजार ७ सय १६ जना, अमेरिमा ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ भने  विश्वभर ७ लाख ८४ हजार ३  सय १४ जनाको कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १ लाख ६५ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन् । उनीहरु अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । २४ घण्टामा संसरभरी ३ हजार ७ सय १५ जनाको मुत्यु भएको छ ।  

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६