अन्तर्राष्ट्रिय

युपीमा कोरोना संक्रमितको संख्या सय नाघ्यो , कुन कुन ठाउमा कती संक्रमित ?



उत्तर प्रदेश १८ चैत्र प्रदेश नं. ५ को छिमेकी तथा भारतको उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेकोे छ । मंगलवार साझ सम्मको तथ्यांक अनुसार उत्तर प्रदेशको लखनउ , नोयडा , मेरठ , आगरा, गाजियावाद जस्ता शहरमा कोरोनाका विमारी वढी फेला परेका छन । सिमावर्ती क्षेत्र भन्दा पनी दक्षिणी क्षेत्र तिर संक्रमण फैलिएको भारतिय पत्रिकाहरुमा समाचार प्रकाशन भएको पाईएकोछ ।

            सोमवार सम्मको साहारा पत्रिकामा प्रकाशन भएको समाचार अनुसार युपीको सवै भन्दा वढी प्रभाव नोयडामा परेको छ । नोयडामा ३८ जना संक्रमित फेला परेका छन । त्यसै गरी मेरठामा १९ जना, आगरा ११, जाजियावाद ७, पिलीभित २ , वानारसी २ जनालाई कोरोनाको संक्रमण भएको छ । बुलंनदशहर, वरेली, वागपात, मुरादावाद, जैनपुर, सामली, लखिमपुर खिरी, कानपुरमा एक एक जना संक्रमित फेला परेका हुन । सिमावर्ती क्षेत्रमा भने कोरनाको कुनै प्रभाव नपरेको वताईएको छ । यसै गरी भारतमा कोरोना संक्रमितको संख्या १४३८ पुगेको छ । हाल सम्म भारतमा ४१ जनाले ज्यान गुमाएका छन । 

photo credit by deccanherald

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६